३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो
अ+ अ-

काठमाडौँ। अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सरकारले रु १० अर्ब ७० करोड २५ लाख पुँजीगत लाभकर प्राप्त गरेको छ ।

जबकि आव २०८१/८२ मा सरकारले रु १८ अर्ब १७ करोड पुँजीगत लाभकर प्राप्त गरेको थियो ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सेयर बजारका लगानीकर्ताको मनोबल खस्किएकाले सेयर कारोबार घट्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा समेत प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ।

“निजी क्षेत्रका लगानीकर्तामा विश्वासको वातावरण नभएकाले पनि सेयर बजारमा अपेक्षाकृत रूपमा लगानी गर्न सकिरहेका छैनन् । जसका कारण पुँजीगत लाभकरमा पनि असर परेको छ”, उहाँले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर अल्पकालीन १० प्रतिशत र दीर्घकालीन ७ दशमलव ५ प्रतिशत कायम गरेकाले पनि सेयर लगानीकर्ता लगानी गर्न डराइरहेको अवस्था छ ।”

यसअघि यस्तो कर अल्पकालीन ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन ५ प्रतिशत रहेको थियो । सेयरको पुँजीगत लाभकरमा मात्र नभई पछिल्लो समय सेयर बजारमा आएको उतारचढावका कारण धितोपत्र बजारको पुँजीकरणमा समेत घटबढ देखिएको छ ।

विसं २०८२ असोज मसान्तमा नेप्से परिसूचक दुई हजार ४८७ दशमलव १८ विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४१ खर्ब ५७ अर्ब ९० करोड पुगेको थियो । त्यस्तै, २०८२ चैत मसान्तसम्म नेप्से परिसूचक दुई हजार ८३३ दशमलव ६० विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४८ खर्ब ३२ अर्ब कायम भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २०८३ भदौ ९ गते अर्थात् आज नेप्से परिसूचक दुई हजार ५९४ दशमलव २७ विन्दुमा पुग्दा धितोपत्र बजारको पुँजीकरण रु ४४ खर्ब ६२ अर्ब कायम भएको छ ।

सामान्यतया बजार पुँजीकरण धितोपत्र बजारमा सूचीकृत सेयरहरूको मूल्य र सङ्ख्यालाई गुणा गरेर निकाल्ने गरिन्छ । नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरी पराजुलीले सेयरको दोस्रो बजारमा हुने उतारचढावलाई सामान्य रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य प्रक्रिया नै हो ।”

सूचना अधिकारी पराजुलीले धितोपत्र बजारको पुँजीकरण पनि सेयरको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने सामान्य प्रक्रिया रहेको बताउनुभयो । “गत चैतमा सेयरको मूल्य बढेको थियो । त्यसैले बजार पुँजीकरण बढेको देखियो”, उहाँले भन्नुभयो, “अहिले सेयरको मूल्य घटेको छ । त्यसैले बजार पुँजीकरण घटेको देखिएको हो ।”

नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरञ्जय घिमिरेले बोर्डले धितोपत्र बजारलाई व्यवस्थित गर्नेतर्फ काम गर्दै आइरहेको बताउनुभयो । “हामीले धितोपत्र बजारलाई व्यवस्थित र मर्यादित गराउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल धितोपत्र बोर्डका अनुसार ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ अनुसार नेप्से सूचकाङ्क २०७८ भदौमा ३१९९ दशमलव ०३ विन्दुमा पुगेको थियो । यो नै हालसम्मकै उच्च विन्दु कायम भएको हो । रासस