११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने
अ अ+ अ-

काठमाडौं । सरकारले सूचना प्रविधि विभागलाई ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’का रूपमा रूपान्तरण गर्ने भएको छ ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले विभागलाई नयाँ संरचनाअनुसार रूपान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेको छ । आगामी भदौ १ गतेदेखि नयाँ संरचनाअनुसार कार्यालयले पूर्ण रूपमा काम प्रारम्भ गर्नेछ ।

यसैगरी, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने काम अघि बढाइएको प्रवक्ता अर्यालले बताउनुभयो । हाल विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्ताबेजलाई प्रधानमन्त्री कार्यालयअन्तर्गतको ‘मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखा’मा अभिलेखीकरण गरिने उहाँले जानकारी दिनुभयो ।

विगतका आन्दोलनका शहीद परिवारका लागि पूर्वघोषित राहत प्याकेज कार्यान्वयनमा सहजीकरण गर्न सरकारले विशेष समिति गठन गरेको पनि उहाँले बताउनुभयो । उहाँले उक्त समिति कुनै नयाँ कोष गठनका लागि नभई सरकारले यसअघि घोषणा गरेको राहत कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गठन गरिएको स्पष्ट पार्नुभयो ।

सरकारद्वारा गठित विभिन्न कार्यदलको प्रगति तथा अनुगमनबारे जानकारी दिँदै प्रवक्ता अर्यालले मुख्य सचिवको नेतृत्वमा रहेका कार्यदलको प्रधानमन्त्री कार्यालयबाटै प्रत्यक्ष अनुगमन हुने बताउनुभयो । अन्य मन्त्रालयका सचिव वा सहसचिवको नेतृत्वमा रहेका कार्यदलको प्रगति भने नियमित सचिव बैठकमार्फत लिने र आवश्यक समन्वय गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

जनगुनासो सम्बोधनका लागि सञ्चालनमा रहेको ‘हेलो सरकार’मा साउन १ गतेयता प्राप्त गुनासो तथा तिनको फछ्र्यौट दर उत्साहजनक रूपमा बढिरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै, बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र सुकुम्बासी समस्याका विषयमा सम्बन्धित मन्त्रालयसँग आवश्यक छलफल तथा समन्वय भइरहेको उहाँले बताउनुभयो ।

भक्तपुरमा गएको पहिरो तथा त्यसबाट सिर्जित समस्याबारे गृह मन्त्रालयबाट रिपोर्टिङ भइरहेको र स्थानीय जनप्रतिनिधिसँग समेत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको वैदेशिक भ्रमण तथा विभिन्न निमन्त्रणाका विषयमा भने परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी दिने प्रवक्ता अर्यालले स्पष्ट पार्नुभयो ।