३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पिकलबल विश्वकप: नेपाली टोली घोषणा

पिकलबल विश्वकप: नेपाली टोली घोषणा
अ+ अ-

काठमाडौँ। भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेरसमूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ ।

अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ ।

उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथि सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी घोषणा गरिएको हो ।

पिकलबल एसोसिएसन नेपालले नक्सालमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्पmत नेपाली खेलाडीको नाम सार्वजनिक ग¥यो । सिनियर क्याटेगोरीमा हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् ।

ओपन क्याटेगोरीमा भने ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन् ।

उक्त कार्यक्रमको अवसरमा पिकलबल एसशोसिएशन नेपालका अध्यक्ष सौरभ भण्डारीले पाँच वर्षदेखि निरन्तर प्रयासपछि पहिलोपल्ट विश्वकपमा सहभागी हुन लागेको बताए ।

नेपाली खेलाडीहरूले विश्वमाझ नेपालको खेल क्षमता र राष्ट्रिय गौरव प्रश्तुत गर्दै पदक जित्ने उनको विश्वास छ । कार्यक्रममा अध्यक्ष सौरभ भण्डारी, वरिष्ठ पत्रकार दिलभुषण पाठक, टिम नेपालका क्याप्टेन ज्याक्सन सुवेदीलगायतले विश्वकपको तयारी, सम्भावना र अनुभव राखे ।

विश्वकपमा नेपालले विश्वका विभिन्न देशका खेलाडीसँग प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । उक्त विश्वकपमा कुल पुरस्कार राशि पाँच लाख अमेरिकी डलर रहेको छ । पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रित स्वरूपजस्तो देखिने र्याकेट खेल हो ।

यसमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ । टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिने पिकलबल एकल वा २÷२ जनाको टोली बनाएर खेल्न सकिन्छ । यो खेल अमेरिकाबाट विश्वका विभिन्न देशमा तिब्र रूपमा लोकप्रिय हुँदै गएको छ ।

सरल नियम र सहज खेलशैलीका कारण पछिल्लो समय पिकलबल लोकप्रियता बढेको आयोजकले जनाएको छ । यसपल्ट यस विश्वकपमा ८१ देशका एक सय ५६ टोली गरी पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । –न्युज एजेन्सी नेपाल