१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ।

बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र क्रिकेटर भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापछि नेपाल टेलिकमले कुशल भुर्तेललाई आफ्नो परिवारमा स्वागत गर्दै उहाँको साथले कम्पनीको ब्रान्ड प्रवर्द्धन तथा सेवाप्रति जनविश्वास थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

नेपाल टेलिकमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट खेलाडी भुर्तेलसँगको सहकार्यले क्रिकेटको उत्साहलाई नेपाल टेलिकमको सेवासँग जोड्ने उल्लेख गरेको छ।