२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुन्ज्या’ले १०० करोड कमायो



अ+ अ-

एजेन्सी । बलिउड हरर कमेडी फिल्म ‘मुन्ज्या’ ले तेस्रो हप्तामा पनि उत्कृष्ट कलेक्सन गरिरहेको छ । आइतबार यो फिल्मले ७ करोड २० लाखको व्यापार गरेको थियो ।

योसँगै फिल्मको कुल कलेक्सन १०३ करोड पुगेको छ । नेट कलेक्शनको हिसाबले फिल्मले अहिलेसम्म ८७.३१ करोड कमाइसकेको छ । आइतबार फिल्मको समग्र ओक्युपेन्सी ३३.०१ प्रतिशत थियो ।

सबैभन्दा ठूलो कुरा के हो भने ‘मुन्ज्या’ यो वर्षको छैटौं सर्वाधिक कमाउने फिल्म बनेको छ । हालै रिलिज भएका ‘श्रीकान्त’, ‘मिस्टर एण्ड मिसेस माही’, ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ जस्ता ठूला स्टारकास्ट भएका फिल्मभन्दा यो फिल्मले धेरै कमाइ गरेको छ ।

फिल्मले तेस्रो सप्ताहन्तमा १६ करोड ३१ लाख रुपैयाँ कमाएको छ । फिल्मले शुक्रबार ३.३१ करोड, शनिबार ५.८० करोड र आइतबार ७.२० करोडको व्यापार गरेको थियो । यसअघि ‘मुन्ज्या’ ले पहिलो विकेन्डमा ३६.५० करोड र दोस्रो विकेन्डमा ३४.५० करोड कमाएको थियो ।

शर्वरी, अभय र मोना सिंह अभिनित चलचित्र ‘मुन्ज्या’को वर्ड अफ माउथ पब्लिसिटी देखेर ट्रेड एनालिस्टले तेस्रो साता पनि फिल्मले राम्रो व्यापार गर्ने आशा गरेका थिए । यसले १७ दिनमा १०० करोड कमाएर कीर्तिमान बनाएको छ ।

यो फिल्मले बिहीबारसम्म पनि राम्रो व्यापार गर्न सक्छ । यसपछि जुन २७ मा मल्टिस्टार फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएपछि यसको कलेक्शनमा असर पर्नेछ ।