२ श्रावण २०८३, शनिबार
,
Latest
नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुन्ज्या’ले १०० करोड कमायो



अ+ अ-

एजेन्सी । बलिउड हरर कमेडी फिल्म ‘मुन्ज्या’ ले तेस्रो हप्तामा पनि उत्कृष्ट कलेक्सन गरिरहेको छ । आइतबार यो फिल्मले ७ करोड २० लाखको व्यापार गरेको थियो ।

योसँगै फिल्मको कुल कलेक्सन १०३ करोड पुगेको छ । नेट कलेक्शनको हिसाबले फिल्मले अहिलेसम्म ८७.३१ करोड कमाइसकेको छ । आइतबार फिल्मको समग्र ओक्युपेन्सी ३३.०१ प्रतिशत थियो ।

सबैभन्दा ठूलो कुरा के हो भने ‘मुन्ज्या’ यो वर्षको छैटौं सर्वाधिक कमाउने फिल्म बनेको छ । हालै रिलिज भएका ‘श्रीकान्त’, ‘मिस्टर एण्ड मिसेस माही’, ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ जस्ता ठूला स्टारकास्ट भएका फिल्मभन्दा यो फिल्मले धेरै कमाइ गरेको छ ।

फिल्मले तेस्रो सप्ताहन्तमा १६ करोड ३१ लाख रुपैयाँ कमाएको छ । फिल्मले शुक्रबार ३.३१ करोड, शनिबार ५.८० करोड र आइतबार ७.२० करोडको व्यापार गरेको थियो । यसअघि ‘मुन्ज्या’ ले पहिलो विकेन्डमा ३६.५० करोड र दोस्रो विकेन्डमा ३४.५० करोड कमाएको थियो ।

शर्वरी, अभय र मोना सिंह अभिनित चलचित्र ‘मुन्ज्या’को वर्ड अफ माउथ पब्लिसिटी देखेर ट्रेड एनालिस्टले तेस्रो साता पनि फिल्मले राम्रो व्यापार गर्ने आशा गरेका थिए । यसले १७ दिनमा १०० करोड कमाएर कीर्तिमान बनाएको छ ।

यो फिल्मले बिहीबारसम्म पनि राम्रो व्यापार गर्न सक्छ । यसपछि जुन २७ मा मल्टिस्टार फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएपछि यसको कलेक्शनमा असर पर्नेछ ।