• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते ★   अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री ★   पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन ★   गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिको शुभकामना ★   तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य ★   भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत ★   सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन बाँकि (सूचीसहित) ★   काठमाडौंमा किन महंगियो तरकारी? यस्तो छ उपभोक्ताको भनाइ ★   न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय ★   विद्यालय शिक्षा विधेयक: सांसदले आफ्नै संशोधन बिर्सन थालेपछि..

बैकुण्ठ अर्याललाई योजना आयोगमा जिम्मेवारी



काठमाडौं: सरकारले निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा कामकाज गर्नेगरी जिम्मेवारी तोकेर सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै कानुन अनुसार उहाँ स्वतः निलम्बित हुनु भएको थियो । अख्तियार डा अर्याल विरुद्ध मदिराको अन्त:शुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको आरोप सहित १२ जनामाथि आइतबार मुद्दा दायर गरेको थियो ।

सरकारले कामु मुख्य सचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ट सचिव लिलादेवी गड्तौलालाई दिइसकेको छ ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वत: वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।