२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई होईन,जसले कस्मिर मुद्दालाई हल गर्न सक्छ उसैलाई नोबेल शान्ति पुरस्कार दिनु



अ+ अ-

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको लागि योग्य नरहेको बताएका छन् । भारतीय कमाण्डर अभिनन्दनलाई फिर्ता गरेर भारत र पाकिस्तानबीचको तनाव अन्त्य गरेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनको लागि माग गरिएको थियो ।

विभिन्न पाकिस्तानी नेताहरु र दखान सरकारका मन्त्रीहरुले समेत त्यस्तो माग गरिरहँदा खानले भने ट्वीटर मार्फत् आफू नोबेल शान्ति पुरस्कारको योग्य नरहेको प्रतिक्रिया दिएका हुन् । उनले नोबेल शान्ति पुरस्कार यस्तो व्यक्तिलाई दिनु पर्छ जसले मानवता र शान्तिसँग जोडिएको कस्मिरको जस्तो मुद्दालाई हल गर्न सकोस् ।

उनले दीर्घकालको लागि कस्मिरको मुद्दा जसले हल गर्न सक्छ उसैलाई नोबेल शान्ति पुरस्कार दिन पनि माग गरेका थिए । उनलाई २०२० मा दिईने नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्नको लागि पनि पाकिस्तान सरकारसँग पाकिस्तानी नागरिक र नेताहरुले समेत माग गरेका थिए ।