४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न

बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न
अ+ अ-

काठमाडौं । सांसद आशिका तामाङले बेवारिसे शव व्यवस्थापनका लागि छुट्याइएको भनिएको १५ करोड रुपैयाँ बजेटबारे प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले परराष्ट्रमन्त्री रोस्ट्रममा उभिएर प्रश्नोत्तरका लागि तयार रहेको अवस्थामा आफूले बेवारिसे शव ल्याउने विषयमा प्रश्न उठाएको बताएकी छन्।

मन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै उनले प्रश्न सोध्न नपाएकोप्रति समेत असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, ‘परराष्ट्रमन्त्री रोस्ट्रममा उभिएर प्रश्नोत्तर गर्न भनेर आएका छन्। बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले आनाकानी जवाफ दिएपछि मैले प्रश्न सोध्न नपाउने यो कस्तो सदन हो? किन बेवारिसे लासको नाममा छुट्याइएको १५ करोड बजेट?’

तामाङले बेवारिसे शव व्यवस्थापनका नाममा छुट्याइएको बजेटको औचित्य र त्यसको कार्यान्वयनबारे स्पष्टता आवश्यक रहेको संकेत गरेकी छन्।