४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग

राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
अ+ अ-

काठमाडौँ । सांसदहरूले राहदानी वितरण प्रक्रियालाई आधुनिक, सुरक्षित र सरल बनाउनुपर्नेमा जोड दिँदै ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ मा रहेका विभेदकारी प्रावधान तथा सुरक्षा संवेदनशीलताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद वर्षमान पुनले राहदानी प्रक्रियालाई आधुनिक बनाउने सरकारको प्रयास सकारात्मक भए पनि विधेयकमा लैङ्गिक विभेद देखिएको टिप्पणी गर्नुभयो। उहाँले पुरुषको तुलनामा महिलाले राहदानी बनाउँदा ‘स्वघोषणा’ गर्नुपर्ने प्रावधान संविधानले प्रत्याभूत गरेको समानताको हकविपरीत रहेको तर्क गर्नुभयो।

पुनले यौन हिंसामा परेर विदेशमा जन्मिएका तथा बुबाको पहिचान नभएका बालबालिकाका लागि राहदानी जारी गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो। साथै, राहदानीका विवरण संकलनमा निजी क्षेत्रलाई सहभागी गराउँदा व्यक्तिगत तथ्याङ्क तथा सुरक्षामा जोखिम बढ्न सक्नेतर्फ सरकार सचेत हुनुपर्ने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “महिला र पुरुषलाई समान अधिकार छ तर राहदानीमा महिलालाई मात्र स्वघोषणा गर्न लगाउनु विभेदकारी छ।”

सांसद पद्माकुमारी अर्यालले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्नुपर्ने बताउनुभयो। उहाँले कूटनीतिक राहदानी पदका आधारमा नभई विशेष प्रयोजनका आधारमा मात्र वितरण गर्नुपर्ने र निजी भ्रमणमा यसको प्रयोग पूर्णतः निषेध गरिनुपर्ने धारणा राख्नुभयो।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई झन्झटिलो कानुनी प्रक्रियामा नअल्झाई नियोग प्रमुखको सिफारिसमा तत्काल स्वदेश फर्कने व्यवस्था गर्नुपर्ने सुझाव पनि अर्यालले दिनुभयो।

त्यस्तै, सांसद पुष्पराज कँडेलले राहदानीका प्रकार धेरै बनाउँदा दुरुपयोगको सम्भावना बढ्ने भन्दै राहदानीको प्रकार सीमित गर्न सुझाव दिनुभयो। कूटनीतिक तथा विशेष राहदानी भएका व्यक्तिले भ्रमण अवधि सकिएपछि पनि लामो समय विदेशमा बस्न पाउने प्रस्तावित व्यवस्थाले विकृति निम्त्याउन सक्ने उहाँले बताउनुभयो।

कँडेलले व्यक्तिगत तथ्याङ्कको सुरक्षाका लागि निजी क्षेत्रलाई डाटा संकलनको जिम्मा दिन नहुने र राष्ट्रिय परिचयपत्रलाई नै राहदानीको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो।

छलफलमा सांसद यज्ञमणि न्यौपानेले फौजदारी कसुरमा संलग्न वा अनुसन्धानको घेरामा रहेका व्यक्तिको राहदानी तत्काल खारेज वा रोक्का गर्न सक्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो।

उहाँले राहदानी छपाइका लागि ठूलो धनराशि विदेशिने गरेको उल्लेख गर्दै नेपालमै राहदानी छाप्ने व्यवस्था गर्न सके तथ्याङ्क सुरक्षित हुनुका साथै आर्थिक भारसमेत कम हुने बताउनुभयो।

विधेयकमाथिको छलफलमा अन्य सांसदहरूले पनि राहदानीको विश्वव्यापी ¥याङ्किङमा सुधार ल्याउनुपर्ने र नागरिकले सहज तथा झन्झटरहित रूपमा राहदानी सेवा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।