२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ४८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९ दशमलव ९७ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ८८ अङ्कले घटेर एक सय ५५ दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर रु पाँच अर्ब सात करोड ३५ लाख १८ हजार ६६२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ मध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य बढ्नुका साथै २१८ कम्पनीको सेयर घटेको छ भने पाँच कम्पनी स्थिर छन् । नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इञ्जिनियरिङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज कमाएका छन् । त्यस्तैगरी सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् । —