२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’



अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गुरुङले जेनजी पुस्ताले राखेको सुशासन र परिवर्तनको अपेक्षालाई निराश हुन नदिने दाबी गरे। आफूलाई गृहमन्त्रीको जिम्मेवारीमा विश्वास गरेर पठाइएको भन्दै उनले त्यस विश्वासलाई व्यवहारबाटै प्रमाणित गर्ने बताए।

उनले पार्टी सभापति रवि लामिछानेले आफूलाई जेनजीको आशा जीवित राख्दै सुशासनको अनुभूति हुने गरी काम गर्न दिएको जिम्मेवारी स्मरण गरे।

‘जेनजीको आशालाई मर्न दिन हुँदैन, कुर्सीमा बसेर सुशासन के हो देखाउनुपर्छ’ भन्ने लामिछानेको भनाइ उद्धृत गर्दै गुरुङले आफूले पाएको विश्वास कायम राख्ने बताए।

गृहमन्त्री गुरुङले आफू मन्त्री मात्रै नभई दाइ, भाइ र छोरा पनि भएको उल्लेख गर्दै आफूहरूका लागि अर्को गोली चल्ने अवस्था नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताए।

उनले देशमा अब हिंसात्मक रूपमा गोली चलाउने साहस कसैले गर्न नसक्ने दाबी गर्दै नागरिकलाई सुरक्षित वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई स्मरण गर्दै उनले आन्दोलनले उठाएका अपेक्षा र सवाललाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखे।