१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सात अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अङ्कले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १३ अङ्कले बढेर चार सय ६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४० अङ्कले घटेर एक सय ८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।

आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर रु चार अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य बढ्दा नौ उपसमूह घटेका छन् । आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वाेत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज सुपरखुदी हाइड्रोपावर कम्पनी, सिटिजन सन्तुलित योजना, साङ्ग्रिला विकास बैंक डिबेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।