२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सात अङ्कले बढ्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ मा पुगेको छ । आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर रु चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये छ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।