२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई होईन,जसले कस्मिर मुद्दालाई हल गर्न सक्छ उसैलाई नोबेल शान्ति पुरस्कार दिनु



अ+ अ-

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारको लागि योग्य नरहेको बताएका छन् । भारतीय कमाण्डर अभिनन्दनलाई फिर्ता गरेर भारत र पाकिस्तानबीचको तनाव अन्त्य गरेको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार दिनको लागि माग गरिएको थियो ।

विभिन्न पाकिस्तानी नेताहरु र दखान सरकारका मन्त्रीहरुले समेत त्यस्तो माग गरिरहँदा खानले भने ट्वीटर मार्फत् आफू नोबेल शान्ति पुरस्कारको योग्य नरहेको प्रतिक्रिया दिएका हुन् । उनले नोबेल शान्ति पुरस्कार यस्तो व्यक्तिलाई दिनु पर्छ जसले मानवता र शान्तिसँग जोडिएको कस्मिरको जस्तो मुद्दालाई हल गर्न सकोस् ।

उनले दीर्घकालको लागि कस्मिरको मुद्दा जसले हल गर्न सक्छ उसैलाई नोबेल शान्ति पुरस्कार दिन पनि माग गरेका थिए । उनलाई २०२० मा दिईने नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्नको लागि पनि पाकिस्तान सरकारसँग पाकिस्तानी नागरिक र नेताहरुले समेत माग गरेका थिए ।