३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार

विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार
अ+ अ-

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको छ ।

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो । मन्त्री खनालकाअनुसार विदेशस्थित नेपाली नियोगहरूको घरभाडाका लागि मात्रै गत आर्थिक वर्षमा करिव १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ ।

यो रकम परराष्ट्र मन्त्रालयका लागि विनियोजित कुल बजेटको करिब १७ प्रतिशत हुन आउँछ । इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङ लगायतका स्थानमा नेपाल सरकारको नाममा जग्गा भएपनि हालसम्म भवन बन्न सकेका छैनन् ।

सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६५ मा विदेशमा भवन निर्माण गर्दा सम्बन्धित देशको भवन संहिता र मापदण्ड पालना गर्ने स्पष्ट व्यवस्था नहुँदा निर्माण प्रक्रियामा ढिलाइ भएको मन्त्री खनालले बताउनु भयो ।

यद्यपि, वर्तमान सरकारले सार्वजनिक खरिद ऐनको दफा ६७ (ङ) मा संशोधन गरी विदेशस्थित नियोगहरूले कार्यविधि बनाएर भवन निर्माण गर्नसक्ने कानूनी आधार तयार गरेको उहाँले सदनलाई जानकारी दिनुभयो ।

हाल अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्याण्डको बैंककमा चान्सरी तथा आवासीय भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको मन्त्रालयले जनाएको छ ।