१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनापछि मलेसियामा रोजगारी खुल्यो



अ+ अ-

काठमाडौं । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेका बेला पहिलो चरणमा कलिङ भिसामा आइसकेका युवाको लागि मलेसिया खुला गरिएको हो।

मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसामा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि अन्तिम श्रम स्वीकृति दिइएको छ। मलेसियाले नेपाली कामदार माग गरेको १७ वर्षपछि दुई देशबीच केही महिनाअघि श्रम सम्झौता भएको थियो।

वैदेशिक रोजगार विभाग काठमाडौँले सोमबार २ र मंगलबार १७ युवालाई मलेसिया जाने अनुमति दिएको हो। यो समाचार आजको कारोबार दैनिकमा छ ।