१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ जिल्लाको क्रसर उद्योगमा अख्तियारको चासो



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौं उपत्यकासहित आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वाश’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी त्यसको रिपोर्ट दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । ती उद्योगीहरुले कानुनविपरीत काम गरेर करसमेत छली गरेको बारम्बार उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई नै आफ्नो जनशक्ति खटाएर अनुसन्धान गरेर प्रतिवेदन दिन भनेको हो ।

क्रसर र बालुवा धुने उद्योगले मापदण्ड, नियम तथा विनियल उल्लंघन गरी दीर्घकालीन रुपमा प्राकृतिक विपत्ति ल्याउने प्रयास गरेको भन्दै अख्तियारले सामान्य प्रशासन मन्त्रालयलाई अनुगमनका लागि निर्देशन दिएको हो । यो समाचार आर्थिक दैनिकमा प्रकाशित छ ।