१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

८० बर्षमा सय बढी गाई–बाख्रा पालन

८० बर्षमा सय बढी गाई–बाख्रा पालन
अ अ+ अ-

धनकुटा । वरिपरि जंगल र भीरले घेरिएको ठूलो ढुंगा । नजिकै जस्ताले छाएको छाप्रो । त्यहीँ बस्छन् ८० वर्ष नाघेका बूढाबूढी । उनीहरूका साथी छन् करिब एक सय गाई र बाख्रा । सहर जानु धेरै परको कुरा, दुई–तीन घण्टामा पुग्न सकिने नजिकको बस्ती नटेकेको वर्षौं भयो । ८४ वर्षका भवानीप्रसाद लिम्बू र उनकी श्रीमती ८६ वर्षीया छविमाया तेह्रथुमको छथर गाउँपालिका ३ लुकुवा नजिकको जंगलमा बस्दै आएको साढे तीन दशक भयो । सामान्य एकसरो मैलो लुगा लगाएका उनीहरूको शरीर कुप्रिसकेको छ । आँखा कमजोर भएको छ, कान कम सुन्छन् । काममा भने दुवै सक्रिय छन् । गाईबाख्राका साथमा उनीहरूको दिनचर्या जंगलको सेरोफेरोमै बित्छ ।

केही वर्ष पहिलेसम्म उनीहरू ढुंगाको ओढारमा थिए । अहिले आफैंले बनाएको छाप्रामा ओत लागेका छन् । छाप्राको तल्लो भागमा गाईगोठ र माथिल्लो भागमा बाख्राको खोर छ । खोरसँगै काठको फलेक ओछयाइएको खुला स्थानमा बूढाबूढी सुत्छन् । गाईबाख्राको मल थुप्रिएर अग्लो ढिस्को बनेको छ । ओढारभित्रको चुलोमा खाना पाक्छ । छाप्रोभन्दा माथिल्लो भागबाट सुक्खाका कारण निरन्तर ढुंगा झरिरहन्छन् । त्यसबाट जोगिँदै उनीहरूले जीवनको उत्तरार्द्ध बिताइरहेका छन् ।

लिम्बू दम्पतीले नजिकको बजार तथा बस्ती नटेकेको करिब तीन दशक भएको छ । ‘उहिल्यै तेह्रथुमको शुक्रबारे बजार पुगेको थिएँ, त्यसपछि फेरि जाने फुर्सद मिलेन’ उनले भने । उनीहरू गाईबाख्रा पाल्ने ठाउँ खोज्दै जाँदा २०३९ वैशाखदेखि उक्त स्थानमा बस्दै आएका हुन् । धनकुटा र तेह्रथुमको सीमावर्ती भागमा रहेको तमोर नदी तरेर मात्र फलामेटार बस्ती पुग्न सकिन्छ । अन्य मानिसका लागि समेत नदी वारपार गर्ने माध्यम डुंगा छ । हिउँदमा नदीमा डुंगा चल्छ । वर्षात्मा वारपार गर्न बन्द हुन्छ । वारिको तेह्रथुमको लुकुवा गाउँ पुग्न झन्डै दुई घण्टा उकालो चढ्नुपर्छ । भवानी जंगलमा गाईबाख्रा चराउनेदेखि नदीबाट पानी बोकेर ल्याउने गर्छन् । दुई घण्टा समय खर्चिएर खानेपानी तमोरबाट ओसार्नुपर्छ ।

भवानीप्रसाद गोठालोबाट साँझ घर आइपुग्दा पत्नी छविमाया ढुंगाको ओढारमा खाना पकाएर कुर्ने गर्छिन् । उनीहरू बसेका ठाउँमा नौला मान्छे पुग्दैनन् । नदीपारि रहेका छोरा कुलबहादुर र बुहारी मनमाया भने बाबुआमा भेट्न जाने गरेको उनीहरूले बताए । छोरा, बुहारी र नातिनातिना भए पनि जंगलमै बस्न मन लाग्ने दुवै बताउँछन् । यो समाचार कान्तिपुर दैनिक खबर छ ।