५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको गइरहेको विमान दुर्घटनाग्रस्त, १३ यात्रुको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ ।

सानो प्राइभेट जेट लास भेगासबाट आइतवार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा भेटिएको थियो ।

‘कोही पनि जीवित भेटिएनन्,’ कोआहुइला सरकारले वक्तव्य जारी गरेर जनायो ।

स्थानीय टेलिभिजन नेटवर्क मिलेनियोले विमानका जलेका भग्नावशेषको तस्वीर प्रसारण गरेको थियो । विमानका टुक्रा डढेको जमीनमा छरिएका थिए ।

मेक्सिकोका सञ्चारमाध्यमले विमानका यात्रुहरू मेक्सिकन बक्सर साउल कनेलो आल्भारेज र अमेरिकी बक्सर डेनियल जेकब्सबीच लास भेगासमा भएको बक्सिङ हेरेर फर्किरहेका थिए ।

मारिने यात्रुहरू १९ देखि ५७ वर्षसम्मको भएको मेक्सिकन सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाको बम्बार्डियर इन्कले उक्त जेट च्यालेन्जर ६०१ भएको बताएको छ र विमान मोनक्लोभा शहरबाट २८० किलोमिटर पर दुर्घटनामा परेको जनाएको छ ।