२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको गइरहेको विमान दुर्घटनाग्रस्त, १३ यात्रुको मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकाको लास भेगासबाट मेक्सिको गइरहेको एक विमान उत्तरी मेक्सिकोको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १३ यात्रीको मृत्यु भएको छ ।

सानो प्राइभेट जेट लास भेगासबाट आइतवार उडेको थियो । त्यसको भग्नावशेष कोआहुइला राज्यको ओकाम्पो नगरमा भेटिएको थियो ।

‘कोही पनि जीवित भेटिएनन्,’ कोआहुइला सरकारले वक्तव्य जारी गरेर जनायो ।

स्थानीय टेलिभिजन नेटवर्क मिलेनियोले विमानका जलेका भग्नावशेषको तस्वीर प्रसारण गरेको थियो । विमानका टुक्रा डढेको जमीनमा छरिएका थिए ।

मेक्सिकोका सञ्चारमाध्यमले विमानका यात्रुहरू मेक्सिकन बक्सर साउल कनेलो आल्भारेज र अमेरिकी बक्सर डेनियल जेकब्सबीच लास भेगासमा भएको बक्सिङ हेरेर फर्किरहेका थिए ।

मारिने यात्रुहरू १९ देखि ५७ वर्षसम्मको भएको मेक्सिकन सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानडाको बम्बार्डियर इन्कले उक्त जेट च्यालेन्जर ६०१ भएको बताएको छ र विमान मोनक्लोभा शहरबाट २८० किलोमिटर पर दुर्घटनामा परेको जनाएको छ ।