१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टिनी टोली घोषणा,को परे टिममा हेर्नुहोस्



अ+ अ-

काठमाडौं। ब्राजिलमा हुनलागेको आसन्न कोपा अमेरिका फुटबलको लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसनले टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा मंगलबार राति गरेका हुन् ।

सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित हुँदा मेस्सीले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । तरपछि उनी टोलीमै फर्किएका थिए ।

रसिया विश्वकपपछि पहिलोपटक अर्जेन्टिनी टोलीमा सर्जियो अगुएरोले स्थान बनाएका छन् भने पाउलो डिबाला पनि टीममै छन् । समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ ।