१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

प्राविधिक विषयको पढाइ शुरु

प्राविधिक विषयको पढाइ शुरु
अ अ+ अ-

डोटी । जिल्लाका विभिन्न छस्थानीयतहमा प्राविधिक विषयको पढाइ शुरु भएको छ । नेपाल सरकारले एक स्थानीय तहको एक विद्यालयमा प्राविधिक शिक्षा पढाउने नीति लिएपछि जिल्लाका जोरायल गाउँपालिका–५स्थित नबोदय माविमा, पशुविज्ञान, दिपायल सिलगढी नगरपालिका–४ स्थित कुमालीकोट माविमा सिभिल इञ्जिनीयरिङ, बडीकेदार गाउँपालिकाको बर्छैन माविमा आइएस एजी, दिपायल सिलगढी नगरपालिका–४ मै रहेको शहीदस्मृति आवासीय माविमा वनविज्ञान, शिखर नगरपालिका गोपघाटस्थित राधाकृष्ण माविमा कृषि जेटिए तथा सायल गाउँपालिकास्थित भवानी माविमा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको हो ।

भवानी माविमा सिभिल इञ्जिनिरिङ (९–१२) पढाइशुरु भइसकेको छ भने अन्य विद्यालयमा पढाउने तयारी भइरहेको डिभिजन शिक्षा एकाइ क्षेत्रीय कार्यालयका प्रमुख वसन्त खत्रीले बताए । प्राविधिक पढाइ आफ्नै गाउँमा शुरु भएपछि अहिले विद्यार्थी अन्य विषयभन्दा पनि प्राविधिक विषय पढ्नमा बढी चासो दिन थालेको कुमालीकोट माविका प्रधानाध्यापक दिलबहादुर कठायतले बताए ।

उनले भने, “पहिले प्राविधिक विषय पढ्नका लागि निकै कठिन र गाह्रो थियो, अहिले सरकारले स्थानीय तहमै विद्यालय खोलेपछि विद्यार्थी प्राविधिक विषय पढ्न बढी चासो देखाउदैछन् ।”सरकारले स्थानीयतहअन्तर्गतका गाउँपालिकामै प्राविधिक विषय पढाउने व्यवस्था मिलाएपछि अहिले स्थानीयवासी पनि खुशी छन् ।

सायल गाउँपालिकाका नेकपाका नेता तेजबहादुर डुम्रेलले भने, “घरकै आटोढुटो खाएर र फाटो लाएर प्राविधिक विषय पढ्न पाउनु भनेको ठूलो कुरो हो, गरीबका छोराछोरा पनि प्राविधिक विषय पढ्न पाउने भए यो खुशीको विषय हो ।” सोही गाउँपालिकाको भवानी माविमा सञ्चालनमा भएको प्राविधिक शिक्षा सिभिल इञ्जिनीयर (९–१२) मा अध्ययनरत ४८ मध्ये र एक बझाङका विद्यार्थी रहेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज उपाध्यायले जानकारी दिए।

यहाँका स्थानीय तहहरुको सहयोगमा विभिन्न विद्यालयमा कम्प्युटर इञ्जिनीयरिङ (आइटी) अध्यापन शुरु भएको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

पछिल्लो समय जिल्लामा रहेका विद्यार्थी अरु विषयभन्दा पनि बढीजसो प्राविधिक विषय पढ्नका लागि लागिपरेको नबोदय माविका प्रधानाध्यापक फणेन्द्रबहादुर खडायतले बताए । यसअघि सुदूरपश्चिम प्रदेशभरिका विद्यार्थीका लागि डोटीको दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयले मात्रै प्राविधिक पढाइ सञ्चालन गर्दै आएको थियो ।