१८ भाद्र २०८३, बिहीबार
,
Latest
रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निष्क्रिय भएको साविकको व्यवस्था पुनः कायम गर्न मात्रै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ ल्याइएको बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा बिहीबार भएको विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई प्रभावकारी बनाउन नयाँ कानुन आवश्यक रहेको र त्यसका लागि सरकारले तयारीसमेत सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल विशेष सेवा ऐन, २०४२ पञ्चायतकालमा बनेको कानुन भएकाले त्यसको व्यापक पुनरावलोकन गरी वर्तमान परिवेशअनुकूल नयाँ कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ ।

मन्त्री गौतमले जेन–जी आन्दोलनपछिको परिवेशमा जारी भएको अध्यादेशलाई निर्वाचित सरकारले प्रतिस्थापन विधेयकका रूपमा अघि नबढाएपछि निष्क्रिय भएको साविकको व्यवस्था पुनः कायम गर्न वर्तमान विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “जेन–जी आन्दोलनपछिको परिवेशमा एउटा अध्यादेश आएको थियो, निर्वाचित सरकारले त्यसलाई प्रतिस्थापन विधेयकको रूपमा लिएर आएन । त्यसपछि अब त्यो निष्क्रिय भएको दफालाई जगाउनुपर्ने आवश्यकताका लागि यो विधेयक ल्याइएको हो ।”

राष्ट्रिय अनुसन्धान विभाग स्वायत्त निकाय नभई नेपाल सरकार मातहतकै निकाय भएको पनि उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री मन्त्रिपरिषद्को अध्यक्ष हुने भएकाले विभाग सरकारकै मातहतमा रहने उहाँको भनाइ थियो ।

मन्त्री गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई आगामी दिनमा कस्तो स्वरूप र अधिकारसहित अघि बढाउने भन्ने विषयमा नयाँ विधेयक ल्याउँदा विस्तृत र मिहीन छलफल गरी आवश्यक व्यवस्था समावेश गर्न सकिने बताउनुभयो ।