२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई साधारण तारेखमा राखी पुर्पक्ष प्रक्रिया अघि बढाउने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विभागले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

अदालतको आदेशसँगै पौडेल हाल साधारण तारेखमा रिहा भएका छन् भने उनीविरुद्ध दायर मुद्दाको कानुनी प्रक्रिया भने नियमित रूपमा अघि बढ्नेछ।

Screenshot
Screenshot
Screenshot