१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड



अ+ अ-

काठमाडौं।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिनुभएको हो ।

मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उहाँको कथन थियो ।

केन्द्रलाई मन्त्रालयबाट हरसम्भव सहयोग हुने पनि उहाँले बताउनुभयो । मन्त्री मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
–––