८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
अ+ अ-

गण्डकी।  जल तथा मौसम विज्ञान विभागले आज र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका आठ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।

प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जानकारी दिनुभयो ।

विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । रासस