८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

पल्लवीको ‘सिरानी’ सार्वजनिक

पल्लवीको ‘सिरानी’ सार्वजनिक
अ+ अ-

काठमाडौं। सुदूरपश्चिममा रहेर गजल साधनामा सक्रिय गजलकार तारा पल्लवीको पहिलो गजल सङ्ग्रह ‘सिरानी’ सार्वजनिक भएको छ।

आवरण प्रकाशनद्वारा प्रकाशित सिरानीको आज यहाँ आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल र ललिजन रावलले संयुक्त रूपमा लोकार्पण गर्नुभयो ।

म फलाम जस्तो, यो दुनियाँ खिया जस्तो
म खोजी रहेँ न्यानो, आमाको फरिया जस्तो ।

नारी मनका पीडा, संवेदना र विद्रोही चेतनालाई गजलमार्फत अभिव्यक्त गर्ने पल्लवीको सिरानीमा आठ दर्जनभन्दा बढी गजल समावेश छन् ।

सिरानीको समीक्षा गर्दै रमेश शुभेच्छुले सूक्ष्म विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु पल्लवीको विशेषता भएको बताउनुभयो । अर्का समीक्षक  नारायण गैरेले उहाँका गजलमा नारी चेतना, प्रतिरोध र सामाजिक यथार्थको प्रभावकारी समन्वय रहेको बताउनुभयो।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले सुदूरपश्चिम  गजलको उर्वरभूमिका रूपमा उदाएको चर्चा गर्दै तारा पल्लवीजस्ता स्रष्टाले गजल साहित्यको भविष्य उज्ज्वल बनाएको बताउनुभयो । रासस