९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
अ अ+ अ-

गण्डकी। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।

करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिनुभएको छ । उहाँले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।

साथै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो रोकथाममा भएका प्रयासबारे पनि जानकारी दिनुभएको थियो ।  रासस