१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्युनिकरणका लागि तीनै तहका सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी मुख्यालय सानेपामा पार्टीको नीति प्रतिष्ठानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि पार्टीले तीन तहको सरकारको लागि स्पष्ट कार्ययोजना बनाई प्रदेश र स्थानीय तहमा पठाउने समेत बताउनु भयो ।

उहाँले प्रदेश तथा स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व वा प्रतिनिधित्व रहेकाले कार्ययोजना कार्यान्वयनमा समस्या नहुने तथा संघीय सरकारसमक्ष पनि पार्टीका सांसदमार्फत ध्यानाकर्षण गराउने बताउनु भयो ।

थापाले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि गुणस्तरीय वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले वन्यजन्तुबाट प्रभावित नागरिकलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि ठोस छलफल आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा न्युनिकरणको लागि कुन तहको सरकारले के गर्न सक्छ ? भन्ने विषयमा कार्ययोजना तयार गरौँ । हामीले अरुले गर्नुपर्छ भनेर मात्र हुँदैन । आफैंले पनि गर्नुपर्छ । प्रदेश तथा स्थानीय तहमा नेपाली काँग्रेसको सरकार तथा प्रतिनिधि भएको कारणले त्यसको कार्यान्वयनमा समस्या हुँदैन । संघीय सरकारको सन्दर्भमा माननीय साथिहरुमार्फत कुराहरु पुर्याउँछौँ । खासगरी मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको लागि हामीले गुणस्तरीय वनको संरक्षण गर्न आवश्यक छ । साथै वन्यजन्तु प्रभावित नागरिकलाई राहत र क्षतिपूर्ति कसरी दिन सकिन्छ ? भन्ने विषयमा पनि छलफल गर्नुपर्छ । यस विषयमा हामी एउटा डकुमेन्ट नै बनाएर स्थानीय र प्रदेश सरकारलाई पठाउँछौँ । यस्ता नागरिकले झेलिरहेका विषयहरु राजनीतिक दलले हल गर्नुपर्छ भन्ने हामी ठान्छौँ । तर राजनीतिक दलका कार्यालयहरुमा यी विषयहरुले कहिल्यै पनि प्रवेश पाउँदैनन् किनभने हामी ठुला ठुला विषयहरुमा अल्मलिएका हुन्छौँ ।’

सभापति थापाले राजनीतिक दलहरू ठूला राजनीतिक मुद्दामा केन्द्रित हुँदा नागरिकका दैनिक जीवनसँग जोडिएका यस्ता विषयले पर्याप्त प्राथमिकता नपाएकोतर्फ सबै गम्भीर हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल