• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

इराकमा सरकार विरोधी प्रदर्शन जारी, करिब एक सयको जनाको मृत्यु



बग्दाद । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको छ । इराकी मानव अधिकार आयोगका अनुसार शनिबारसम्ममा झण्डै चार हजार व्यक्ति घाइते भएका छन् ।

इराकी मानव अधिकार आयोगका सदस्य अलि अल–बायाटीले बग्दाद र अरु प्रान्तका मुख्य शहरहरुमा चार दिनदेखि जारी हिंसामा सुरक्षाकर्मी समेत ९९ जनाको ज्यान गएको बताउनुभयो ।

उहाँले आन्दोलनमा संलग्न झण्डै तीन हजार ९९१ जना घाइते भएको पनि जानकारी दिनुभयो । यी घाइतेमध्ये अधिकांश आन्दोलनकारी रहेका छन् । बायाटीले हिंसात्मक झडप रोकिने स्थितिमा अझै नरहेको बताउनुभयो ।

गत मंगलबारदेखि बग्दाद र मुलुकका अन्य ठूला शहरमा निरन्तर प्रदर्शन भइरहेको छ । उनीहरु बेरोजगारी बढेको, आधारभूत सेवाबाट आमजनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार व्यापक बढेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गत शुक्रबार बिहान इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले प्रदर्शनकारीलाई शान्त रहन र वार्तामा आउन आग्रह गर्नुभएको थियो ।