२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता



अ+ अ-

काठमाडाैँ । शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

दुईवटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहायता भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माण अभियानलाई सहयोग गर्न प्रयोग गरिनेछ । गुओले राहत सामग्री सकेसम्म छिटो भेनेजुएला पठाइने बताउँदै प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र उद्धार कार्यलाई सहयोग पु¥याउन चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँले परिस्थितिअनुसार आगामी दिनमा पनि भेनेजुएलालाई थप सहयोग गर्न चीन तयार रहेको उल्लेख गर्नुभयो ।

यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै विपद्बाट प्रभावित जनताप्रति समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले चीनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैबीच, भूकम्पका कारण आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार टोलीहरू अझै प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा खटिएका छन् ।