२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता तथा ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा पूर्वअध्यक्ष सञ्जिव थापा, राजेश देशमरु, उमेश प्रसाद ढकाल, मदन कृष्ण फोजु, र ईन्द्रबहादुर केसी छन् ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–४(क) मा नेपाल रेडक्रस सोसाइटीका लागि गोदाम घर सञ्चालन गर्न जग्गा खरिद गर्ने क्रममा बोलपत्रमा उल्लेख भएको सर्तविपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत जग्गा खरिद गरिएको थियो। उक्त जग्गाका लागि ६ करोड ३२ लाख ६८ हजार २५० रुपैयाँ भुक्तानी गरिएकोमा सो रकममध्ये १ करोड ९३ लाख रुपैयाँभन्दा बढी रकम मध्यस्थकर्ताले लिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

खरिद गरिएको जग्गाको नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा उल्लेख गरिएको भन्दा कम क्षेत्रफल रहेको समेत पाइएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

रेडक्रस सोसाइटीका तत्कालीन पदाधिकारीहरूले बोलपत्रको सूचनामा उल्लेखित सर्तविपरीत मध्यस्थकर्तामार्फत जग्गा खरिद गरी संस्थालाई हानि–नोक्सानी पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धानमा संलग्न पदाधिकारी, कर्मचारी तथा मध्यस्थकर्तालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।