२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते



अ+ अ-

अङ्कारा। टर्कीको मध्य प्रान्त सिभासको सुसेहरी जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा मङ्गलबार चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सिभासको गभर्नर कार्यालयका अनुसार सिभासबाट सुसेहरीतर्फ जाँदै गरेको मिनीबसका चालकले नियन्त्रण गुमाउँदा स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे डी–८६५ राजमार्गअन्तर्गत एल्मासेकी–चोक्राक क्षेत्रमा दुर्घटना भएको हो ।

मिनीबस सडक छेउको बारमा ठोक्किएपछि सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनाका बेला मिनीबसमा १४ जना सवार थिए ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको तथा चार जना गम्भीर र छ जना सामान्य घाइते भएका छन् ।

घटनालगत्तै स्वास्थ्यकर्मी, प्रहरी, जेन्डार्मेरी, दमकलकर्मी तथा विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणका टोली उद्धारमा खटिएका थिए ।

घाइतेलाई उपचारका लागि नजिकैका अस्पताल तथा स्वास्थ्य केन्द्रमा लगिएको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् । (रासस/सिन्ह्वा)