२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ



अ+ अ-

काठमाडौँ। संयुक्त राज्य अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले मङ्गलबार जनाएको छ । कतार अमेरिका–इरान वार्तामा प्रमुख मध्यस्थकर्तामध्ये एक हो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरानबीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो । सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल तथा एलएनजी यही जलमार्गबाट ओसारपसार हुने गर्छ ।

जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समययता यसबाट हुने पानीजहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन् । इरानले प्रस्तावित मार्गको भौगोलिक अवस्थिति (कोअर्डिनेट) बारे दुवै पक्षबीच सहमति भएको जनाएको छ ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले पत्रकारसँग भन्नुभयो, “हामी ओमान र इरानबीच जलसन्धिबारे हुने सम्झौताको प्रतीक्षामा छौँ, जसले हामीलाई वार्ता प्रक्रियामा फर्किन सक्षम बनाउनेछ ।”

उहाँले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताउनुभयो । यसअघि जुनमा दुई देशबीच भएको समझदारीपत्र (एमओयू)जलसन्धि व्यवस्थापनसम्बन्धी विषयमा सहमति हुन नसकेपछि कार्यान्वयनमा आउन सकेको थिएन ।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेरी घलिबाफले मङ्गलबार अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेलगायत तेहरानका माग पूरा नगरेसम्म रणनीतिक जलमार्ग पुनः नखोलिने बताउनुभएको छ ।

सोमबार इरानले वार्ता ‘गम्भीर ढङ्गले अघि बढिरहेको’ र संयुक्त वक्तव्यको मस्यौदाबारे विचार आदानप्रदान भइरहेको जनाएको थियो ।

इरानले हाल पानीजहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । अमेरिका र यस क्षेत्रका अन्य केही देशले उक्त व्यवस्थाको विरोध गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलसन्धिबारे इरानसँग हुने सम्झौतामा ओमानले अवरोध खडा गरेमा कारबाही गर्ने चेतावनी दिुनभएको छ । उहाँले तेहरानलाई युद्ध अन्त्य गर्न आत्मसमर्पण गर्नसमेत आह्वान गर्दै आउनुभएको छ । रासस