२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान र स्विडेनबीचकाे खेल बराबरी



अ+ अ-

काठमाडौं। अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै जापान फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

जापानसँग बराबरी खेलेसँगै स्विडेन पनि उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए। खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए। ६२ औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने कुनै पनि गोल हुन सकेन।

जापान ३ खेलमा १ जित र २ बराबरी सहित ५ अङ्क लिँदै उपविजेताको रुपमा नकआउट पुगेको हो। त्यस्तै, स्विडेन भने १ जित र १ बराबरी सहित ४अंक जोड्दै तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

जापानले नकआउटमा ब्राजिलसँग २९ जुनमा ह्युस्टनमा खेल्नेछ। स्विडेनले भने नकआउटमा कोसँग खेल्ने भन्ने तालिका निर्धारण भइसकेको छैन।