२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो



अ+ अ-

इण्डोनेसिया। इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो । बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् ।

उद्धार टोलीले भूकम्पमा परी घाइते भएका सयौँ मानिसहरूलाई उपचारका लागि सहायता प्रदान गरिरहेको छ । गत आईतवारसम्मको तथ्याङ्कअनुसार भूकम्पले घर तथा सार्वजनिक संरचनाहरूमा ठूलो क्षति पु¥याउँदा १२ हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिक विज्ञान एजेन्सीले पराकम्पन आउने क्रम अझै जारी रहेको जनाएको छ ।

विपद्ग्रस्त क्षेत्रमा राहत सामग्री पु¥याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले जल, स्थल र हवाई यातायातका साधनहरू परिचालन गरेको छ ।

सिक्का जिल्लाको पालु टापु जस्ता दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि ११ वटा विमान तथा हेलिकप्टरहरू प्रयोग गरिएका छन् ।

भूकम्पका कारण माङ्गाराई क्षेत्रीय अस्पतालमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवा प्रभावित भएको छ ।

बिरामीहरूको उपचारका लागि बोलो डुकल रङ्गशालामा अस्थायी अस्पताल (फिल्ड हस्पिटल) निर्माणको तयारी भइरहेको अधिकारीहरूले बताएका छन् ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल