२ भाद्र २०८३, मंगलवार
,
Latest
मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र इलामकाे माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावत सहज ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो भारतको बिहारस्थित मन्दिरमा भागदौडः ७ जनाको मृत्यु जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन होर्मुज जलडमरूमध्यमा नयाँ समुन्द्री मार्गका लागि इरान र ओमानबीच सहमति फिलिपिन्समा भीषण वर्षा र बाढीको प्रकोपः मनिलासहित १२ प्रान्तमा विद्यालय र सरकारी कार्यालय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी-पुनजीर्वित कार्यक्रम’ सञ्चालन



अ+ अ-

काभ्रेपलाञ्चोक। रोशी गाउँपालिकामा मुहान/जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापन गरिने भएको छ ।

जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानाले मानव जीवनमा पर्नथालेको असरलाई न्यूनीकरण गर्न हिन्दू कुश हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिको उद्देश्यले एकीकृत जलवायु अङ्गीकरण समाधान कार्यक्रम ‘इन्टिग्रेटेड क्लाइमेट एडप्टेशन सोलुसन्स फर द हिन्दू कुश हिमालय’ (हाइ–क्यास) परियोजना सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनार्थ रोशी गाउँपालिका, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार तथा विकास केन्द्र (सिप्रेड) बीच आशय–पत्रमा हस्ताक्षर भइसकेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

उहाँका अनुसार मुहान÷जलाधार संरक्षण तथा व्यवस्थापनमा खानेपानी तथा सिँचाइका स्रोत संरक्षणका लागि मुहान र जलाधार क्षेत्रको वैज्ञानिक व्यवस्थापनसँगै परियोजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न लैङ्गिक उत्तरदायी, समावेशी र प्रकृतिमैत्री अनुकूलनका उपायमार्फत जोखिममा रहेका समुदाय र महिलाहरूको उत्थानको लागिसमेत काम गर्नेछ । यस्तै स्वच्छ र नवीकरणीय ऊर्जाका प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्दै रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षण र प्रवर्द्धनका काम हुनेछन् । आदिवासी तथा स्थानीय समुदायको सहभागिता, स्थानीय क्षमता अभिवृद्धि र दिगो जीविकोपार्जनमा परियोजनाको योजना छ । रोशीमा २२ प्रतिशत पानीको मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ग्लोवल अफेयर्स क्यानडाको सहयोगमा सञ्चालित यस बहु–देशीय परियोजना मार्च २०२६ देखि नेपालमा सुरु भएको जनाइएको छ । नेपालमा भने सिप्रेडमार्फत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र धनकुटाको धनकुटा नगरपालिकामा यस परियोजना थालिएको हो । इसिमोडका महानिर्देशक पेमा ग्याम्चोका अनुसार त्रिपक्षीय समझदारीले परियोजना कार्यान्वयनमा संलग्न निकायबीच सहकार्य र समन्वयलाई संस्थागत एवं औपचारिक बनाउने छ । “नेपालमा जलवायु परिवर्तनको जोखिममा रहेका हिमाली तथा पहाडी क्षेत्रका समुदायलाई उत्थानशील बनाउन स्थानीय सरकारसँगको सहकार्य पनि अपरिहार्य छ”, उहाँले भन्नुभयो ।

जिल्लाको १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणले पानीको मूल र मुहान सुक्दै गएको देखिएको छ । बाढीपहिरो, वन फँडानी, जथाभावी पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकालवाला निकायले जनाएका हुन् । यसअघि जिल्लाको सात स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले ती तहमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो ।

सन् २०२३ को नोभेम्बरदेखि जुन २०२४ सम्म गरिएको सर्वेक्षणमा काभे्रको सात स्थानीय तहमा पाँच हजार ६८९ कूल स्रोत मापन गरिएको थियो । सर्वेक्षणमा पाँच हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए । ती तहमा गरिएको सर्वेक्षण अनुसार २७ प्रतिशतअर्थात् एक हजार ५२१ स्रोतहरु सुक्खा भएको देखिएको थियो । रासस