२ भाद्र २०८३, मंगलवार
,
Latest
जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द



अ+ अ-

काठमाडाैँ । रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन् ।

स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिनुभएको छ । रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ । यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गर्नुभएको छैन ।

रूसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए । स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन् ।