२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो



अ+ अ-

अङ्कारा पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक जना अझै बेपत्ता रहेको प्रिफेक्चरल सरकारले मङ्गलबार जनाएको छ ।

प्रिफेक्चरभरि दुई हजार ३०० भन्दाबढी घरमा क्षति पुगेको छ । बाढीका कारण करिब दुई हजार ७०० सवारीसाधन डुबेर सडकमा अलपत्र परेका छन् । यसबाट यातायात प्रभावित हुनुका साथै विभिन्न क्षेत्रमा सवारी जाम भएको छ ।

गत बिहीबारदेखि शुक्रबारसम्म चिबा प्रिफेक्चरमा कीर्तिमानी वर्षा भएको थियो । वर्षापछि जापानको मौसम विज्ञान विभागले प्रिफेक्चरका केही क्षेत्रमा भारी वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्चतम तहको ‘लेभल–५’ आपत्कालीन चेतावनी जारी गरेको थियो ।  (रासस/सिन्ह्वा)