२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति



तस्बिर: एपी
अ+ अ-

बर्लिन। जर्मनीको कोब्लेन्ज जिल्ला अदालतमा मङ्गलबार सुरु भएको सुनुवाइका क्रममा ८१ वर्षीय एक वृद्धले सन् १९९४ मा अमेरिकी पर्यटकको यौन दुव्र्यवहारपछि हत्या गरेको स्वीकार गरेका छन् ।

जर्मनीको गोपनीयतासम्बन्धी कानुनका कारण नाम सार्वजनिक नगरिएका ती व्यक्तिले २४ वर्षीया अमेरिकी पर्यटक एमी लोपेजको हत्या गरेको स्वीकार गरेका हुन् । उनका वकिल भोल्कर क्लाइनले सुनुवाइका क्रममा अपराधको पूर्ण स्वीकारोक्ति प्रस्तुत गर्नुभएको थियो । मुख्य न्यायाधीश रूपर्ट स्टेहलिनले प्रतिवादीलाई स्वीकारोक्ति सत्य हो कि होइन भनेर सोध्दा उनले सहमति जनाएका थिए ।

सरकारी वकिलका अनुसार सन् १९९४ सेप्टेम्बर २६ मा कोब्लेन्ज भ्रमणमा रहनुभएकी लोपेजलाई ती व्यक्तिले झुक्याएर एहरेनब्रेटस्टाइन किल्लाको एकान्त स्थानमा लगेका थिए । त्यहाँ उनले लोपेजमाथि यौन दुव्र्यवहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।

लोपेजको शव घटनाको केही समयपछि नजिकै खेलिरहेका बालबालिकाले फेला पारेका थिए । लामो समयसम्म अनसुल्झिएको उक्त घटनाको अनुसन्धान नयाँ प्रविधिबाट पुरानो डीएनए पुनः विश्लेषण गरेपछि अघि बढेको हो । अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएको डीएनए प्रतिवादीसँग मेल खाएको पाइएको जर्मन समाचार संस्था डिपिएले जनाएको छ ।

प्रतिवादीलाई गत फेब्रुअरीको अन्त्यतिर कोब्लेन्ज क्षेत्रको एक स्याहार केन्द्रबाट पक्राउ गरिएको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन् ।

मुद्दाको सुनुवाइका लागि आठ दिन तोकिएको छ भने आगामी सेप्टेम्बरमा फैसला आउने अपेक्षा गरिएको छ ।  (रासस/एपी)