२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौँ। केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने (ठगी) कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

वित्तीय संस्था, डिजिटल वालेट (जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक (नवीकरण) गर्ने कामलाई प्रक्रिया हो। ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा यो अपडेट गर्नुपर्ने हुन्छ।

पक्राउ पर्नेहरूमा बाराको देउताल गाउँपालिका-४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१६ बस्ने २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका-१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने २७ वर्षीय कुवेर थापा पक्राउ परेका केन्द्रीय समाचार कक्षले जनाएको छ ।

‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्‍यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्स एपमा फोनमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड (खाताको सुरक्षाका लागि मोबाइलमा आउने एकपटक मात्र प्रयोग गर्न मिल्ने छ वा चार अङ्कको गोप्य नम्बर) प्राप्त गरी अथवा ओटिपी कोड माग गरी कर्मचारीको खातामा पहुँच पुर्‍याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न निजहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।

निजहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस