७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहीलाई आ’क्रमण गर्ने पक्राउ



अ+ अ-

चितवन । भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आ’क्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अ नुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आ क्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आ क्रमण भएको थियो ।