८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्त क्यान्सरको उपचारपछि रिम्पो विद्यालय जान थाले



अ+ अ-

काठमाडौं । क्यान्सर रोग लागेपछि सबैथोक सकियो भनेर आत्तिने नेपाली समाजमा धेरैतिर भौंतारिएर दुई वर्षसम्म क्यान्सरको उपचार गरी निको भएर पोखराका १३ वर्षे वालक पुरानै दिनचर्यामा फर्केका मात्रै छैनन् फेरि विद्यालय जान थालेका छन् ।

एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात ब्लड क्यान्सर भएर उपचारपछि निको भएका पोखराका १३ वर्षे वालक रिम्पो योल्मो २ वर्ष १ महिनापछि फेरि विद्यालय जान थालेका हुन् । उनी पहिला पढेर छोडेको विद्यालय मेरिगोल्ड बोर्डिङ्ग स्कुल पोखरामै २ वर्षपछि ८ कक्षामा भर्ना भएर जान थालेको रिम्पोका बुबा नर्वु योल्मोले बताए ।

सो विद्यालयमा ७ कक्षामा पढ्दापढ्दै ब्लड क्यान्सर लागेको पत्ता लागेपछि उनी उपचारको लागि पोखराबाट शुरुमा कान्ति अस्पताल महाराजगञ्ज र पछि ओम अस्पताल चावहिल पुगेका थिए ।
‘अहिले रिम्पो पुर्णरुपमा स्वस्थ भएका छन्’— रिम्पोको उपचारमा संलग्न वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञले भनेको रिम्पोका बाबु नर्वुले बताएका छन् । तर रिम्पोलाई बुबा नर्वुसँग मासिक रुपमा ति चिकित्सकसँगको परामर्श र फलोअपमा भने आईराखेका छन्, आउनुपर्छ ।

गत साउन १८ गते ललितपुरको हेरिटेज गार्डेनमा नेपालमै पहिलो पटक आयोजना गरेको ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्पवाक’मा रिम्पोले क्यान्सर लागेपछिको आफ्नो वेदना सुनाउँदा उपस्थित दर्शक सबै जना भावव्हिल भएका थिए । ‘आफ्ना साथीहरु खेलीकुदी रहँदा आफू भने अस्पतालको बेडमा क्यानुला (सुई) बाट औषधि चढाइ राख्न परेको छ’ भनेर उनले वेदना गरेका थिए ।

समयमै उपचार गर्न सके बाल क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिन क्यान्सर निको भएका र उपचारको क्रममा रहेका ५० बालबालिकालाई समेटेर नेपाल क्यान्सर अस्पताल हरिसिद्धि र नेपाल क्यान्सर सहयोग समूहद्वारा आयोजित सन्देशमूलक उक्त ‘र्याम्पवाक’को प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन थिए ।

‘क्यान्सर लाग्दैमा आत्तिन नपर्ने र समयमै उपचार गर्नुपर्ने सन्देश दिन र क्यान्सर भएका बालबालिकालाई हौसला दिन नेपालमै पहिलोपल्ट र्याम्पवाक’को आयोजना गरिएको नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन् ।