७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलभित्र शपथ खाने र खुवाउने दुई एकै ठाउँमा



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सोमबार पूर्वसभामुख कृष्णबहादुर महरालाई पु’र्पक्षका लागि डिल्लीबजार कारागारमा जेल चलान गरेको छ । जिल्ला अदालतको आदेशअनुसारसंगै डिल्लीबजार कारागारमा शपथ खाने र खुवाउने एकै ठाउँमा भेटिएका छन् ।

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई ब’लात्कार प्र यास गरेको अभियोग लागेका महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । यसअघि महरा २८ दिन प्रहरीको थुनामा थिए ।

भीभीआईपी अभियुक्तलाई डिल्लीबजार कारागारमा राखिँदै आएको छ । महरालाई पनि कारागारको ‘क’ ब्लकमा राखेको डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले बताए । उनको नजिकैको रूममा पूर्व आईजीपी रमेशचन्द ठकुरी छन् ।

महरासंगै डिल्लीबजार कारागारमा कैलाली १ बाट निर्वाचित सांसद रेशमकुमार चौधरी, प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरी, तत्कालीन किस्ट बैंकका सीईओ कमल ज्ञवाली, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइराला, पूर्व सासंद डीबी कार्कीसमेत डिल्लीजार कारागारमै राखिएको छ ।