७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

नेपालको संविधानको धारा २६३ मा नेपालमा एक थारु आयोग रहने व्यवस्था छ । वर्तमान अध्यक्ष चौधरीको अध्यक्षतामा विसं २०७५ चैत ७ गते आयोगको गठन भएको थियो । गठनपछि आयोगले संवैधानिक व्यवस्थाअनुरूप समावेशी र समानुपातिक सिद्धान्त कार्यान्वयन गर्ने सन्दर्भमा थारु समुदायको हकहित र अधिकारका लागि समुदायबीचमा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्दै आएको छ । मुलुकको तराई÷मधेशका २४ जिल्लामा थारु समुदायको बाक्लो बसोबास रहिआएको छ । नेपालमा थारु समुदायको जनसङ्ख्या १७ लाख ३७ हजार रहेको आयोगले जनाएको छ ।