७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै



अ+ अ-

काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्।

प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको बीबीसीले उल्लेख गरेको छ । उनले यही साता पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।

नयाँ सरकारमा पाँचवटा दल सहभागी हुने भएका छन्।

हुलाक सेवामा भएको हडतालको विषयमा प्रधानमन्त्री रिन्नेले विश्वासको मत गुमाएका थिए। त्यसपछि उनले राजीनामा गरे।

प्रधानमन्त्रीको पद सम्हालेपछि मरिन विश्वकै सबैभन्दा कम उमेरकी पदासीन प्रधानमन्त्री बन्नेछिन्।