१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह

संघीय संसद भवनको निर्माण कार्य चैत्र पहिलो हप्ताभित्र सक्न शहरी विकास मन्त्रालयलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

संघीय संसद भवनको निर्माण कार्य चैत्र पहिलो हप्ताभित्र सक्न शहरी विकास मन्त्रालयलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो ।

नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिनुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो ।

त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव सिग्देलले अध्यक्ष दाहाललाई संसद भवनको निर्माण कार्य करिव ९२ प्रतिशत सकिएको र बाँकि काम पूरा गरी चैत्रको पहिलो हप्ता निर्माण कार्य सम्पन्न गर्न सकिने व्रिफिङ गर्नुभएको थियो ।

यता, अध्यक्ष दाहालले भने सोही समयमा सक्नेगरी कार्य सम्पन्न गर्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई सचेतसमेत गराउनु भयो ।

उहाँले सो कार्यको प्रगति विवरण हप्ता हप्ता दिनमा संघीय संसद सचिवालयका गराउन पनि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएको संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब बाँकि भएका कामहरुलाई एकदम शिघ्रताका साथ कुनैपनि कारणबाट अवरुद्ध नहुने गरी समयमा नै निर्माण सम्पन्न गर्न सम्माननीय अध्यक्षज्युले निर्देश पनि गर्नुभएको छ ।

साथसाथै प्राविधिक पक्षहरुको स्टोलेशन गर्दै विभिन्न पक्षहरुमा सचिवालयका अन्य प्राविधिक जनशक्तिहरुले पनि सो काममा गएर हेर्ने, बुझ्ने अनि त्यो सम्बन्धि क्षमता अभिवृद्धि गर्ने लगायतका विषयहरुमा पनि कुराकानी भएको छ । र, नियमित रुपमा खासगरी हरेक हप्ता भएका कार्यप्रगतिको जानकारी सचिवालयलाई गराउने र सचिवालयले पनि आगामी दिनमा नियमित रुपमा स्थलगत अवलोकन गर्ने भन्ने कुराहरु भएको छ ।’

फागुन २१ को निर्वाचनपछि नयाँ संसद भवन सिंहदरवारबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक शुरु गर्ने संसद सचिवालयको तयारी छ । सोहीअनुसार प्रतिनिधि सभाको बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निर्माणमा बढी जोड दिएर अघि बढनेगरी काम गर्न अध्यक्ष दाहालले सहरी विकास मन्त्रालय र निर्माण कार्यमा संलग्न पक्षहरुलाई सचेत गराउनुभएको हो ।

संघीय संसद सचिवालयले चैत्रको पहिलो हप्ता सो भवनको निर्माण कार्य सम्पन्न हुने र सोही ठाउँबाट संसद बैठक शुरु हुनेमा विश्वास गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ । —न्युज एजेन्सी नेपाल