२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाओ कप : म्यान्चेस्टर सिटी र आर्सनल फाइनलमा



अ+ अ-

इङल्यान्डको लोकप्रिय फुटबल प्रतियोगिता कारबाओ कपमा म्यान्चेस्टर सिटी र आर्सनल फाइनलमा प्रवेश गरेका छन् । अब कारबाओ कपको फाइनल खेल मार्च २२, २०२६ मा वेम्बली रंगशालामा हुनेछ ।

गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले दोस्रो लेगमा न्यूक्यासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । समग्रमा सिटीले न्यूक्यासललाई ५–१ ले पराजित गरेको छ । पहिलो लेगमा पनि सिटीले २–० गोल अन्तरले न्यूक्यासललाई हराएको थियो ।

सिटीको गृह मैदान एतिहाद रंगशालामा भएको गएरातिको खेलमा सिटीका लागि ७ र २९ मिनेटमा ओमार मारमाउसले दुई गोल गरेका थिए भने ३२औं मिनेटमा टिजानी राइन्डर्सले एक गोल गरेका थिए ।

पहिलो हाफमै तीन गोल गरेर खेलमा प्रभाव जमाएको सिटीका विरुद्ध न्यूक्यासलका लागि एक मात्र गोल एन्थोनी एलान्गाले ६२औं मिनेटमा गरेका थिए, तर त्यो पर्याप्त थिएन ।

यस्तै, अघिल्लो रात भएको दोस्रो लेगको खेलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरी समग्रमा ४–२ ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो ।