३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरायो



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई निरन्तरता दिइरहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

पार्टीले संविधानसम्मत नियमित प्रक्रियाअन्तर्गत दल दर्ता गरिए पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग अपरिवर्तित रहेको स्पष्ट गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीले संसद् पुनःस्थापनालाई प्राथमिक मागको रूपमा अघि सारे पनि निर्वाचन प्रक्रियामा सहभागी हुनका लागि दल दर्ता आवश्यक भएकाले दर्ता गरिएको हो।

“संसद् पुनःस्थापनाको हाम्रो माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेका हौँ,” उनले बताए।

यसअघि मंगलबार बसेको विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको थियो। पार्टीले कानुनी लडाइँसँगै राजनीतिक तथा संगठनात्मक तयारीलाई पनि तीव्र पारेको छ।