११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी

विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन कानुन संसोधन गर्ने तयारी भईरहको बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उहाँले विद्युत उत्पादनसँगै वितरण र व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन कानून संसोधन गर्न लागिएको बताउनुभएको हो ।

विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आवश्यक कानूनी गाँठो फुकाउन नेपाल ऐन संशोधनमार्फत अघि बढ्ने प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विद्यमान कानूनमा विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था छैन । कानूनी जटिलताका कारण तत्काल निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन नसकेको बताउनु भयो ।

विद्युत ऐनका दफा २१ र २२ मा आयात–निर्यातको व्यवस्था भएपनि विद्युत व्यापारका लागि अनुमति दिने विषय स्पष्ट नभएको उहाँको भनाई छ । उहाँकाअनुसार वर्तमान ऐनमा सर्वेक्षण, उत्पादन र प्रसारणका लागि अनुमति पत्रको व्यवस्था भएपनि व्यापारका लागि आवश्यक स्पष्ट कानूनी आधार छैन ।

उहाँले नयाँ विद्युत ऐन ल्याउन लामो समय लाग्ने भएकाले तत्काल आवश्यक व्यवस्था गर्न केही बुँदा नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्ने प्रश्ताव कानून मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । उहाँले अनुमति पत्रसम्बन्धी व्यवस्था पनि जटिल रहेको बताउनु भयो ।

हालको कानूनी व्यवस्थाअनुसार ऐनले अधिकार प्रत्यायोजन गरेको आधारमा बनेको निर्देशिकालाई मात्र मान्यता दिने अवस्था रहेको छ । तर विद्युत ऐनमा निर्देशिका बनाउने स्पष्ट अधिकार नरहेको उहाँले बताउनु भयो ।

विद्युत व्यापार खुला गर्दा आवश्यक निर्देशिका निर्माणका लागि पनि कानुनी आधार तयार गर्न संशोधन प्रस्ताव अघि बढाइएको उहाँले बताउनु भयो ।

सरकारले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूचीमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले त्यसैका आधारमा मन्त्रालयले विभिन्न समिति गठन गरी अध्ययन तथा प्रतिवेदन तयार गरेको जानकारी दिनुभयो । विभिन्न समितिहरुले तयार पारेका प्रतिवेदन कार्यान्वयनका चरणमा रहेको उहाँको भनाइ छ ।

ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकारको लगानीले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसकिने बताउनु भयो । उत्पादनसंगै अब निजी क्षेत्रलाई वितरण र विद्युत् व्यापारमा समेत सहभागी गराएर अघि बढ्न मन्त्रालय तयार रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रको नेपालको ऊर्जा उत्पादनमा महत्वपूर्ण भुमिका रहेको भन्ने कुरामा दुईमत छैन । निजी क्षेत्रले उत्पादनमा मात्र होइन, अब विद्युत् वितरण र व्यापारमा समेत भूमिका निर्वाह गर्नुपर्छ भन्नेकुरामा मन्त्रालय प्रतिवद्ध छ । सरकारले स्वीकृत गरेको रोडम्यापमा ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने देखाएको छ । सरकारले मात्रै लगानी गरेर यो लक्ष्य हासिल गर्न सम्भव देखिँदैन । यसका लागि निजी क्षेत्र अत्यन्त सक्षम छ र निजी क्षेत्रलाई यस क्षेत्रमा संलग्न गराएर नै निर्धारित लक्ष्य हासिल गर्ने हो । हाम्रो ऊर्जा क्षेत्र अहिलेसम्म मुख्य रूपमा विद्युत् ऐन, २०४९, जलविद्युत् नीति, २०५८ र विद्युत अनुमति पत्रसम्बन्धी निर्देशिकाबाट निर्देशित हुँदै आएको छ । नियमन आयोगसम्बन्धी ऐन नियमनसँग सम्बन्धित भएकाले मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रसँग त्यति धेरै ठोकिँदैन । त्यसैले मन्त्रालयका लागि मार्गदर्शक दस्तावेजका रूपमा यी तीनवटा विषय महत्वपूर्ण छन् । तर यी दस्तावेजहरूबीच कतिपय विषयमा आपसमा बाझिने अवस्था पनि देखिन्छ । २०४९ मा ऐन आएपछि २०५८ मा नीति आयो र सोही नीतिअनुसार नयाँ कानुन ल्याउने उद्देश्य थियो । तर २०६५ सालदेखि नै हामी नयाँ कानुन ल्याउने प्रयासमा छौँ, तर अहिलेसम्म त्यसलाई मूर्त रूप दिन सकेका छैनौँ । आज हामीले उठाएको मुख्य विषय विद्युत व्यापारमा निजी क्षेत्रलाई कसरी संलग्न गराउने भन्ने हो । कानुनमा यससम्बन्धी केही व्यवस्था छन् । कानुनको दफा २१ र २२ मा ‘व्यापार’ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर आयात–निर्यातको विषय उल्लेख गरिएको छ । अनुमति पत्र दिने सम्बन्धमा पनि सर्वेक्षण, उत्पादन र प्रसारणको मात्रै व्यवस्था गरिएको छ । त्यसैले यस्ता कानूनी अवरोधहरू समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा मन्त्रालयमा पटक–पटक छलफल भएको छ । कानून मन्त्रालय र कानुनमन्त्रीज्यूसँग पनि यस विषयमा छलफल भएको छ । नयाँ ऐन ल्याउन लामो समय लाग्ने भएकाले नेपाल ऐन संशोधनमार्फत नै यो गाँठो फुकाउन सकिन्छ कि भन्ने विषयमा हामीले काम अघि बढाएका छौँ । एक–दुईवटा आवश्यक बुँदामा मात्रै नेपाल ऐन संशोधन गरेर अगाडि बढ्ने प्रस्ताव कानुन मन्त्रालयमा पठाइसकेका छौँ । अर्को विषय अनुमति पत्रको हो । यो विषय पनि केही जटिल बनेको छ । हालैको विधायनसम्बन्धी कानुनी व्यवस्थाअनुसार ऐनले प्रदान गरेको अधिकारका आधारमा बनाइएको निर्देशिकालाई मात्रै मान्यता दिने अवस्था छ । तर हाम्रो विद्युत ऐनमा निर्देशिका बनाउने स्पष्ट अधिकार नै छैन । भोलि विद्युत् व्यापारको विषय खोलियो भने त्यसलाई कार्यान्वयन गर्न निर्देशिका आवश्यक हुन्छ । तर निर्देशिका बनाउन आवश्यक कानूनी आधार नभएकाले त्यस विषयलाई पनि नेपाल ऐन संशोधनको प्रश्तावमा समेटेर अगाडि बढाएका छौँ । हामीले तत्काल गर्नुपर्ने कामका रूपमा यसलाई अघि बढाउने मन्त्रालयको अवधारणा छ । अर्कोतर्फ, पहिले नीति र त्यसपछि कानून बनाउने अभ्यासअनुसार जलविद्युत नीतिलाई पनि अन्तिम चरणमा पु¥याएका छौँ ।’

उहाँले सरकारले सीमा पार विद्युत् व्यापार विस्तारका लागि कुटनीतिक संवादलाई समेत प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । नेपालले विद्युत निर्यात विस्तारका लागि लक्ष्य निर्धारण गरेको उल्लेख गर्दै उहाँले १५ हजार मेगावाटसम्म विद्युत निर्यातको आधार तयार गर्ने दिशामा काम गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल